मैना सुनुवारलाई हत्यारालाई जन्मकैद
काठमाडौं, ४ वैशाख । तत्कालिन शाही सेनाका महासेनानी र सहसेनानी अमित पुन र सुनिल अधिकारीलाई माओवादीको अारोपमा मैना सुनुवारलाई बलात्कारपछि हत्यामा संलग्न भएको ठहर गर्दै जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत काभ्रेका न्यायाधीश मोदिनीप्रसा पौड्यालको इजालासले सो फैसला गरेको हो । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका कार्यरत महासेनानी सहसेनानीद्वयलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुने फैसला गरेको हो ।
काभ्रेको खरेलथोक घर भएकी मैना सुनुवारलाई २०६० फागुन ५ गते बिहानै घरबाट क्याप्टेन निरञ्जन बस्नेतले चलाएको गाडीमा राखि १५ जना सेनाको टोलीले पक्राउ गरि सैनिक ब्यारेकमा ल्याएको थियो । सैनिक ब्यारेकमा किशोरी सुनुवारको बलात्कारपछि चरम यातना दिएर हत्या गरिएको भन्दै पीडित परिवारले न्यायीक लडाइँ लडिरहेका थिए ।