राजपाको जन्म
काठमाडौं, ७ बैशाख । मधेस केन्द्रित पाँच पार्टीबीच एकता भएको छ । महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टीबीच एकिकरण भएको हो । एकिकरणको घोषणापछि नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी (राजपा) राखिएको छ । राजपा अब संसदमा मधेसको सबैभन्दा बढी सीट भएको पार्टी ठहरिएको छ ।