संशोधन प्रस्ताव पारित भए चुनाव

२०७४ बैशाख ८ गते, शुक्रबार

काठमाडौं, ८ वैशाख । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका नेताहरुले व्यवस्थापिका–संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरिए चुनावमा भाग लिने बताएका छन् । आफ्नै निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपामा आवद्ध मधेसकेन्द्रित नेताहरु र संघीय समाजवादी फोरमका नेताहरुले छलफल सकारात्मक भएको बताएका हुन् ।
मधेसी नेताहरुले संविधानको धारा ७, २७४ र सीमांकन आयोग गठनमा परिर्माजन गर्नुपर्ने धारणा राखेका छन् । यसैबारेमा टुंगो गर्न शुक्रबारै दिउँसो सत्तारुढ दलको अलग्गै बैठक हुनेछ भने त्यसपछि फेरि राजपा र संघीय फोरमका नेताहरुसँग छलफल गरिने तय गरिएको छ । आज सहमति नजुटे आफूहरु तराई फर्कने मधेसी नेताहरुले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]