‘चुनाव होइन अान्दोलनमा जान्छौं’
काठमाडौं, १४ वैशाख । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले अाफूहरुसँग गरेको भद्र सहमति तोडेको बताउँदै चुनावमा होइन अान्दोलनमा जाने चेतावनी दिएका छन् । सरकारले एमालेसँग स्थानीय तहको संख्या तत्काल नथप्ने सहमति गरेर अाफूहरुलाई धोका दिएको उनको कथन छ ।
‘हामीसँग सरकारले ११ जिल्लामा जनसंख्याको अनुपातमा स्थानीय तह बढाउने सम्झौता गरेको थियो तर सहमति लागू हुन नपाउँदै पछि हटेको छ, यो धोका हो, यसको परिणाम गम्भीर हुन्छ’ महतोले भने । मोर्चाको बैठक बसेर अावश्यक निर्णय गर्ने महतोले बताए ।