नेकपा सुनसरीका सेक्रेटेरीसहित दर्जन पक्राउ

२०७४ बैशाख ३० गते, शनिबार

काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला सेक्रेटरी (डीसीएस) उदय राईसहित दर्जन जिल्ला तहका नेता तथा कार्यकर्तालाई प्रहरीले हिजो साँझ गिरफ्तार गरेको छ । शान्तिपूर्ण रुपमा चुनाव खारेजी अभियानमा रहेका अवस्थामा उनीहरुलाई गिरफ्तार गरिएको बताइएको छ । पक्राउ पर्नेहरुमा सेक्रेटरी राईसहित जिल्ला नेता सुरज राई, सुरेश राईसहित अन्य रहेको बताइएको छ । बराहा नगरपालिकाको भरौलबाट उनीहरुलाई गिरफ्तार गरिएको नेकपा सुनसरीले जनाएको छ । गिरफ्तार उनीहरुलाई महेन्द्रनगर प्रहरी कार्यालयमा राखिएको छ । शान्तिपूर्ण रुपमा राजनीतिक कार्यक्रम संचालन गरिरहेका बेला राज्यले गैरकानुनी रुपमा गिरफ्तार गरेको भन्दै नेकपा सुनसरीले आपत्ति जनाएको छ । साथै गिरफ्तार सबै नेता कार्यकर्तालाई बिनासर्त अविलम्ब रिहा गर्न नेपाल कम्युनिस्ट पार्टीका सुनसरीका इन्चार्ज प्रज्वलले माग गरेका छन । साथै उनले चुनाव खारेजी अभियानलाई सहयोग गर्न आम जनसमुदायसँग अपिलसमेत गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]