किसान नेता गिरफ्तार

२०७४ जेष्ठ १० गते, बुधबार

काठमाडौं, १० जेठ । नेपाल कम्युनिस्ट पार्टीका एरिया सेक्रेटरी र किसान संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । दुई नम्बर एरिया सेक्रेटरी अशोक क्षेत्री र किसान नेता राम कुँवरलाई मंगलबार कैलालीको सहजपुरबाट विना कारण गिरफ्तार गरेको नेकपा कैलालीले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका कैलालीले गिरफ्तार नेताहरुलाई तुरुन्त रिहाईको माग गरेको छ ।
यसैगरी , आजै अखिल नेपाल भूमिहिन सुकुम्बासी संघका जिल्ला अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका सदस्य मोहन कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । सुनसरीको ईटहरी मेडिकल सेन्टरबाट सडकमा हिडिरहेको अवस्थामा आज बिहान साढे आठ बजे प्रहरीले गिरफ्तार गरेको हो । यसअघि सुनसरी जिल्लाका जिल्ला सचिव उदय राई सहितको टोलिलाई गिरफ्तार गरेर जिप्रका ईनरुवामा राखिएको छ । बिना कारण पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै जिल्ला ईन्चार्ज प्रज्वलले पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न आग्रह गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]