‘नेपाली सेना विखन्डनकारीको तमासा हेरेर बस्न सक्दैन’

२०७४ जेष्ठ १९ गते, शुक्रबार

काठमाडौं, १९ जेठ । पश्चिमाञ्चलका भूपू सैनिकहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना विखन्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् । पोखराको फूलबारी ब्यारेकमा भएको सो कार्यक्रममा प्रधानसेनापति क्षत्रीले देशको सार्वभौमिकता र अखन्डता रक्षाका लागि सेनाले कुनै कसर बाँकी नराख्ने बताए । सेना सधैं संविधानले निर्दिष्ट गरेका मूल्य–मान्यतालाई आत्मसात् गरेर अगाडि बढिरहेको उनको भनाइ थियो ।
मुलुकमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गराउन सेनाको ठूलो भूमिका रहेको भन्दै प्रधानसेनापति क्षत्रीले दोस्रो चरणको निर्वाचनमा पनि सेनाको उत्तिकै महत्व रहने उल्लेख गरे ।
कार्यक्रममा अवकाशप्राप्त सैनिकहरुलाई सम्मान गरिनुका साथै सैनिक कल्याणकारी कोषबाट सन्चालित विभिन्न कर्जाहरुसमेत प्रदान गरिएको थियो ।
त्यस्तै, विभिन्न घटनामा घाइते भएका तथा सैनिक परिवारमा आश्रित अपांगता भएका र असहायहरुलाई ह्वील चियरसमेत वितरण गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]