भरतपुरमा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौं, २२ जेठ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै परेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै तीन दिनसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय
तीन दिनपछि दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्ने न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले भनेको छ । त्यसबेलासम्मा कुनै पनि कामकाम नगर्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ ।