राष्ट्रपति भण्डारी स्वीट्जरल्याण्ड जाँदै
काठमाडौं, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको वल्र्ड अफ वर्क समिटमा सहभागी हुन आज स्वीट्जरल्याण्ड जाँदै छिन् ।
संयुक्त अरब इमिरेट्स हुँदै राष्ट्रपति भण्डारी जेनेभा जानु हुनेछ । गत साता शुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं सत्रको क्रममा वल्र्ड अफ वर्क सम्मेलन हुन लागेको हो । भ्रमण टोलीमा ११ सदस्य सामेल छन् । उनी आगामी आइतबार स्वदेश फर्किनेछिन् ।