नेकपाद्वारा उम्मेदवार नबन्न अपिल
काठमाडौँ , ३ असार । नेपाल कम्युनिष्ट पार्टीको सुनसरी जनपरिषदले असार १४ को स्थानीय चुनावमा उम्मेदवार नबन्न राजनीतिक दलहरुलाई अपिल गरेको छ । दलाल सत्ताद्वारा घोषित आगामी असार १४ को स्थानीय तह चुनावलाई खारेज गर्ने अभियानमा साथ दिन आग्रह गर्दै चुनावमा भाग नलिन र लिनेलाई रोक्न दलहरुसँग अपिल गरेको हो । असार १४ को चुनावमा भाग लिन माके, एमाले, कांग्रेसलगायत दलहरु उम्मेदावर दर्ताको तयारी गरिरहेका बेला यस्तो अपिल आएको हो ।
जिल्ला जनपरिषदका प्रमुख मदन किरातीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आम नागरिकलाई आसन्न स्थानिय तह निर्वाचन बहिस्कार ‘दलाल सत्ताले कथित चुनावको रुपमा स्थानीय तहको निर्वाचन अगाडि ल्याएकोले त्यसलाई खारेज गर्दै वैज्ञानिक समाजवादको मार्गमा लामवद्ध हुन’ किरातीद्वारा हस्तक्षरित विज्ञप्तिमा अपिल गरिएको छ ।
‘असार १४ गतेको निर्वाचनमा सुनसरी जिल्लाका उपमहानगर, नगर र गाउँ सबै तहमा उम्मेदवारी मनोनयन दर्ता नगर्न सबै राजनीतिक दल र उमेद्वारलाई आग्रह गर्दछौं’ विज्ञप्तीमा उल्लेख छ । भाेट खसाल्न नजान मतदातालाइ पनि अाग्रह गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले मुलुकमा समानान्तर ढंगले जनसत्ता र संसदीय दलाल सत्ता चलिरहेको अवस्थामा सरकारद्वारा घोषित स्थानीय चुनावको औचित्य नरहेको भन्दै खारेज घोषणा गर्दै त्यसविरुद्ध संघर्ष गर्दै आइरहेको छ ।