‘ गोगबु घटनामा पार्टीको कुनै संलग्नता छैन’

२०७४ असार १२ गते, सोमबार

काठमाडौं, १२ असार । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंको गोगबुमा भएको अपहरणमा आफ्नोृ कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौंका कार्यालय सचिव ज्वालाले प्रेस विज्ञप्तिमार्फत त्यस्ता घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग समेत गरेका छन ।
कार्यालय सचिव ज्वालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौको गोंगबुस्थित नयाँबसपार्कमा २ जना मान्छे अपहरणसम्बन्धी घटनामा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको कुनै संलग्नता रहेको छैन । त्यस्ता कार्य हाम्रो पार्टीले कुनै हालतमा गर्ने छैन । त्यस्तो निन्दनीय र मानवअधिकारलाई बञ्चित गर्ने कार्य हाम्रो पार्टीले गर्ने छैन । यस्ता योजना पनि छैन । हाम्रो पार्टी काठमाडौं जिल्ला समिति अपहरणकारीलाई कडा भन्दा कडा कार्वाही गर्न जोडदार माग गर्दछ । यस्ता घटनामा नेकपालाई जोडेर झुटा आरोप नलगाउन सम्बन्धित सबै पक्षलाई जानकारी गराउँछौं ।’
कार्यालय सचिव ज्वालाले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ – “काठमाडौको गोंगबुस्थित नयाँबसपार्कमा २ जना मान्छे अपहरणसम्बन्धी घटनामा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको कुनै संलग्नता रहेको छैन । त्यस्ता कार्य हाम्रो पार्टीले कुनै हालतमा गर्ने छैन । त्यस्तो निन्दनीय र मानवअधिकारलाई बञ्चित गर्ने कार्य हाम्रो पार्टीले गर्ने छैन । यस्ता योजना पनि छैन । हाम्रो पार्टी काठमाडौं जिल्ला समिति अपहरणकारीलाई कडा भन्दा कडा कार्वाही गर्न जोडदार माग गर्दछ । यस्ता घटनामा नेकपालाई जोडेर झुटा आरोप नलगाउन सम्बन्धित सबै पक्षलाई जानकारी गराउँछौं । त्यस्तो निन्दनीय कार्य हाम्रो पार्टीले नगर्ने हुँदा केही मिडियामा त्यस्ता झुट समाचार आएको हुँदा उक्त समाचारको पूर्ण भत्र्सना गर्दै भ्रममा नपर्न सबैलाई हार्दिक अनुरोध गर्दछौं ।”

प्रतिक्रियाहरु

[anycomment]