कांग्रेसमा राजीनामाको लहर

२०७४ श्रावण २७ गते, शुक्रबार

काठमाडौ, २७ साउन । नेपाली कांग्रेस जिल्ला कार्य समितिका संगठन विभाग प्रमुख तथा पुर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्त रुपमा पदबाट राजीनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । नेपाली कांग्रेसका नेतृत्व तहमा रहेका नेताहरुले मनोमानी रुपमा जिल्ला समन्वय समिति बाजुराको प्रमुख उपप्रमुख र सदस्यहरु छनौटमा एकलौटी गरेको प्रति
असन्तुष्ट जनाउँदै संयुक्त राजीनामा दिएको धनराज पण्डितले बताए । राजीनामा दिनेमा नेपाली कांग्रेसका ७ जना जिल्ला कार्य समिति सदस्य धनराज पण्डित, उमा रोकाया, गोविन्द्र सिंह, नन्द थापालगायत छन् ।

प्रतिक्रियाहरु

[anycomment]