अापुर्ती मन्त्रीलाई विहारको चिन्ता

२०७४ श्रावण २९ गते, आईतवार

काठमाडौं २९ साउन । नेपाल-भारत सीमाका सबै बाँधका ढोका खोल्न चौतर्फी माग भइरहेका बेला बाणिज्य मन्त्री मीन बिश्वकर्माले विहार डुबानमा पर्ने भएका कारण कोशी ब्यारेजका ढोका खोल्न नहुने बताएका छन् । अाज रफत सञ्चार क्लबको कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले कोशी ब्यारेजका सबै ढोका खुल्दा भारतको बिहार डुवानमा पर्ने भएका कारण सोचेर मात्र काम गर्नु पर्नेमा बताए । उनले बाँधका केही ढोका खोलिएको बताउँदै सरकारले गरेको कुटनीतिक पहल सफल भएको दाबी समेत गरे । लगातार बर्षाका कारण पहाड र तराई प्राकृतिक प्रकोपको चपेटामा परेको अवस्थाका कारण तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने अवस्था श्रृजना भएता पनि सरकारले बिभिन्न चुनौतिका माझ निर्वाचन सम्पन्न गर्ने मन्त्री विश्वकर्माले बताए ।

प्रतिक्रियाहरु

[anycomment]