किराँतीद्वारा पार्टी प्रशिक्षण बहिस्कार

२०७४ आश्विन २१ गते, शनिबार

काठमाडौं, २१ असोज । नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पार्टीले अायोजना गरेको प्रशिक्षण कार्यक्रम बहिस्कार गरेको बताएका छन् । अाज विहान भएको एक घण्टा लामो छलफलपछि पनि नेता किराँतीले पार्टीले अायोजना गरेको प्रशिक्षण बहिस्कार गरेका छन् । नेता किराँतीले सामाजिक संजालमा भनेका छन्, ‘राष्ट्रिय सभागृहमा हुने श्री प्रचण्ड समूहको पार्टी प्रशिक्षण बहिस्कार गरियो ।’
नेता किराँतीले पार्टी प्रशिक्षण बहिस्कार गर्नुका तीन कारण खुलाएका छन् । जसमा भनिएको छ,
१.आज बिहान प्रचण्डसँग एक घण्टा छलफल गरियो । ‘बैठक’ भनिएको भए विधिको दृष्टिले पनि अस्ती १७ गतेको ६ बुँदे घोषणा परिमार्जन सम्भव हुने थियो तर ‘प्रशिक्षण’ भनेपछि केन्द्रीयताको त्यो कार्यक्रमबाट परिमार्जनको कुनै गुन्जाईस रहेन र सभागृहमा गईएन ।
२. भोली बिहान फेरी बस्ने श्री प्रचण्डको अनुरोधलाई भने स्विकार गरियो । किनकी मलाई त्यस्तो कुनै हतारो छैन ।
३. भोलीको छलफल पछि सम्भवतः भोली नै नेकपा (माओवादी केन्द्र) पुनरगठन समिति निर्माण गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]