ढुकुटी, मिटर व्याज र कालोबजारीयालाई टिकापुरबाट लखेट्ने तयारी
काठमाडौं, २३ असोज । नेपाल कम्युनिस्ट पार्टीले कैलालीको टिकापुर क्षेत्र अवैध ढुकुटी, मिटर व्याज र कालोबजारियाले अाक्रान्त भएको भन्दै प्रशासनलाई नियन्त्रण गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । यस्ता अवैध धन्दाले केही व्यक्तिले सर्वसाधारण ठग्ने गरेको भन्दै नेकपा टिकापुर कारवाहीको माग गर्दै इलाका प्रशासन कार्यालयमा टिकापुरमा ज्ञापनपत्र बुझाएको हो । नेकपाका टिकापुर इन्चार्ज बिरेन्द्र बिकको नेतृत्वमा गएको टोलीले बुझाउँदै अवैध सबै भन्दा नियन्त्रण गर्न माग गरेको छ । अवैधढुकुटी,मिटर ब्याज, कालोबाजरी, घुसखोरी, भष्ट्राचार, तस्करीले सर्वसाधारणलाई आत्महत्या गर्न समेत बाध्य भएको भन्दै अवैध सबै धन्दा नियन्त्रण गरेर पीडितलाई न्याय दिन ज्ञापनपत्रमा माग गरिएको छ ।
इन्चार्ज बिकले राज्यले यस्ता अवैध कारोबारीलाई नियन्त्रण नगरे अाफूहरु जनकारवाही गर्न बाध्य हुने बताए । यो क्षेत्रको अवैध धन्दाबारे विगत ९ महिनादेखि नै पार्टीले विशेष अनुसन्धन गरेको उनले बताए । ‘यस्ता अवैध धन्दा सरकार अाफैले नियन्त्रण गरोस् र दोषिलाई कारवाही र पीडितलाई न्यायको माग गरेका छौं, यदि सरकारले गम्भीरतापूर्वक लिएन भने हामी जनकारवाहीको प्रक्रिया अगाडि बढाउने छौं’ इन्चार्ज बिकले भने । ज्ञापनपत्रमा बाढी पीडितलाई दिर्घकालिन व्यवस्थापन गर्नुको साथै भूमाफियाहरुलाई कारवाहीको माग गरिएको छ ।