कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुदै

२०७४ आश्विन ३० गते, सोमबार

काठमाडौं, ३० असोज । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकता हुने भएको छ । दुई दलबीच आइतबार नै पार्टी एकता हुने भनिए पनि बेलुका अबेरसम्म सबै विषयमा सहमति जुट्न नसकेपछि एकताको घोषणा आजका लागि सारिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने एकता घोषणा कार्यक्रमपछि नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित हुने छ । पार्टी एकतापछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष रहँदै आएका विजयकुमार गच्छदारलाई कांग्रेसको उपसभापति वा महामन्त्रीमा नियुक्त गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]