बालकृष्ण ढुंगेल पक्राउ

२०७४ कार्तिक १४ गते, मंगलवार

काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको बुझिएको छ । माओवादी जनयुद्धका समयमा ओखलढुंगाका उज्जैनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । ढुंगेललाई सर्वोच्च अदालतले यसअघि नै सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो। त्यसपछि ढुंगेल फरार थिए। उनी ०६४ को संविधानसभा निर्वाचनमा ओखलढुंगाबाट निर्वाचित भएका थिए। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सर्वोच्चको आदेशबमोजिम हत्या अभियोग लागेका ढुंगेललाई पक्राउ नगरी अदालतको मानहानि गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले कात्तिक ८ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। त्रिपाठीले महानिरीक्षकविरुद्ध १ वर्ष कैद सजाय माग गर्दै रिट दायर गरेका थिए । प्रहरी महानिरीक्षक अर्यालको पद नै धरापमा परेपछि प्रहरीले ढुंगेलको खोजि तीव्र पारिएको थियो।

प्रतिक्रियाहरु

[anycomment]