राज्यमन्त्री श्रेष्ठको घरमा बम विस्फोट

२०७४ मंसिर ९ गते, शनिबार

काठमाडौ, ९ मंसिर । आज बिहान ५ बजेतिर पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट भएको छ । मन्त्री श्रेष्ठको लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा रहेको घरमा बम बिष्फोट भएको हो । विष्फोटमा मानवीय क्षति नभएको र ५ फिटजति पर्खाल भत्किएको मन्त्री श्रेष्ठका प्रेस संयोजक कृष्ण प्रसाद थपलियाले जानकारी दिए । घर पछाडी पट्टी थोत्रा सामान राख्ने ठाउँ नजिक बम विष्फोट गराइएको प्रहरीले जनाएको छ ।
घटना स्थलमा सिलभरका टुक्राहरु भेटिएको र विष्फोटमा संलग्नहरुको खोजी तीव्र पारिएको ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक अनिल पौडेलले बताए । बिहानै ठुलो आवाजमा बम विष्फोट हुँदा स्थानीयवासी त्रसित भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु