मतदान सुरु हुनै लाग्दा बम विस्फोट

२०७४ मंसिर १० गते, आईतवार

काठमाडौं, १० मंसिर । पहिलो चरणको निर्वाचन अन्तगर्त मतदान सुरु भएको छ । मतदान सुरु भएसँगै केही मतदान केन्द्रमा बम विस्फोटका घटना समेत भएका छन् । यसैबीच गोरखाको निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका-४ स्थित कालिका प्राविकोङ्क मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । पहिलो मतदान सुरुसँगै केही समयको फरकमा दुईओटा बम विस्फोट भएको मतदान केन्द्रमा पुगेका एक मतदाताले बताए ।
यसैगरी , रोल्पाका विभिन्न मतदान केन्द्रनजिक बम बिस्फोट भएका छन् । रोल्पाको घोडागाउ, सेरम, गौरीगाउँ, तिला र सिमचौरको मतदान केन्द्र नजिक बम बिस्फोट भएको खबर प्राप्त भएको छ । सुनछहरी गाउपालिकाको सेरम मतदान केन्द्र, सुवर्णवती गाउपालिकाको मतदान केन्द्र घोडागाउँ, त्रिवेणी गाउँपालिकाको गौरीगाउँको तिला र सिमचौर मतदान केन्द्रलाई लक्षित गरी बम बिस्फोट भएका छन् । निर्वाचनका लागि मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी त्रसित भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु