मतपेटिकामा अागलागी

२०७४ मंसिर १० गते, आईतवार

काठमाडौं, १० मंसिर । पश्चिम रुकुमको बाँफिकोटको एउटा मतदान केन्द्रमा मतपेटिमा अागलागी भएको छ । बाँफिकोट गाउँपालिका- ५, रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको हो । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो । अहिले मतदान कार्य स्थगित गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु