उपत्यकाका विभिन्न स्थानबाट ९७ जना पक्राउ

२०७४ मंसिर १२ गते, मंगलवार

काठमाडौं, १२ मंसिर । काठमाडौं उपत्याकाका विभिन्न स्थानबाट प्रहरीले ९७ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सोमबार उनीहरुलाई नियन्त्रणमा लिइएको हो । काठमाणडाै , ललितपुर र भतक्तपुरबाट गरी ९७ जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रामेश्वर चापागाईले जनाए । आइतबार मात्रै उपत्यकाबाट ८५ जनालाई नियन्त्रणमा लिइएको थियो । उनका अनुसार काठमाडौंबाट ७५ पुरुष र ७ महिला गरी ८२ जना, ललितपुरबाट ११ पुरुष र एक महिला गरी १२ जना र भक्तपुरबाट ३ पुरुषलाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु