सुनसरीमा सेनाको गस्ती

२०७४ मंसिर १४ गते, बिहीबार

काठमाडौ, १४ मंसिर । सुनसरीमा नेपाली सेनाले गस्ती थालेको छ । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आपराधिक समूहले बम विस्फोट गराउने सम्भावित स्थानहरुमा अब नेपाली सेनाले उच्च निगरानी गर्नेछ । बिहीबारदेखि सुनसरीका चारओटै निर्वाचन क्षेत्रका १६६ मतदानस्थल र ५२७ मतदान केन्द्रको सुरक्षा गर्ने गरी नेपाली सेनाले गस्ती थालेको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिए ।
निर्वाचन सुरक्षाका लागि सेना खटाइएलगत्तै धरान, इटहरी, दुहवी, इनरुवा, हरिनगरा, कप्तानगन्जलगायत स्थानमा सेनाको अस्थायी गुल्म स्थापना गरिएको छ । ती स्थानबाट सेनाले चौबीसै घन्टा मतदान केन्द्र, मतदाता र उम्मेदवारहरुको सुरक्षा निगरानी बढाउनेछ । नेपाली सेनाले भारतसँग सिमाना जोडिएका भन्टाबारी, कप्तानगन्ज, देवानगन्ज, अमडुवा, लौकहीनाकालगायत आसपासका क्षेत्रमासमेत दैनिक निगरानी बढाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु