सरकारी कर्मचारी र पत्रकारसहित ११ जना गिरफ्तार

२०७४ मंसिर १५ गते, शुक्रबार

काठमाडौं, १५ मंसिर । नेपाल कम्यूनिष्ट पार्टीले भोलि मंसिर १६ गते प्यूठान वन्दको आह्वान गरेको छ । यसै क्रममा प्रहरीले निर्वाचन विरोधि गतिविधिमा संलग्न रहेको आरोपमा प्यूठान जिल्लाका विभिन्न स्थानवाट ११ जनालाई पक्राउ गरेको छ। निर्वाचन विरोधि गतिविधिमा संलग्न रहेको भन्ने सुचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुमाथि अहिले छानविन चलिरहेको छ।
प्रहरिले राष्ट्रिय यूवा जनस्वयंसेवक प्यूठानका जिल्ला इन्चार्ज हरि वस्नेत, स्वर्गद्धारी नगरपालिकाका जनसरकार प्रमुख गिरुप्रसाद भुषाल, नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य सुनिल(रेसम) विक, प्यूठान भिजन मासिकका संपादक एवं गौमुखि मावि ठुलावेसिका मावि स्थायि शिक्षक जायश्वर आचार्य, स्वर्गद्धारी नगरपालिकाका पशु प्राविधिक जुद्ध भण्डारी, प्यूठान भिजनका कार्यकारी सम्पादक एवं अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य पदमप्रसाद पोख्रेल, मन वहादुर विक, पदम पुन, मोहन विष्ट, कमल वहादुर वुढामगर, नम वहादुर थापा मगर लाई गिरफ्तार गरेको छ।
उनिहरुलाई केहि सार्वजनिक अपराध अन्र्तगत म्याद थप गरि अनुसन्धान जारी रहेको जिल्ला प्रहरि कार्यालय प्यूठान मुद्धा फाटका सई हिरेन्द्र विष्टले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु