पत्रिकाको कार्यालयमा प्रहरी छापा !

२०७४ मंसिर १६ गते, शनिबार

काठमाडौं, १६ मंसिर । ‘माडी खबर’ साप्ताहिकको कार्यालयमा कार्यालयमा प्रहरीले छापामा मारेको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका भिङग्रीबाट नियमित प्रकाशित भइरहेको ‘माडी खबर’ साप्ताहिकको कार्यालयमा प्रहरीले पटक–पटक छापामा मारेर पत्रकारलाई आतंकित बनाउने कार्य गरेको प्रधानसम्पादक तथा संचालक गोविन्द विश्वकर्माले बताएका छन् ।
“प्रहरीले छापामार शैलीमा पत्रिकाको कार्यालयमा छापा मार्ने र अनुसन्धानको नाममा पत्रकारलाई दुःख दिने कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरीले आशंकाको आधारमा पत्रिकामा कार्यरत सबै पत्रकारहरूलाई प्रेस स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरी अनावश्यक निगरानीमा राखेर फोनमार्फत अमानवीय अभिव्यक्ति दिइरहेकाले यस्तो निन्दनीय कार्यको हाम्रो पत्रिकाले घोर भत्सर्ना गर्दैछ” विश्वकर्माले जारी गरेको प्रेस नोटमा भनिएको छ ।
पत्रिकाको संचालक समेत रहेका विश्वकर्माले प्रहरी प्रशासनको रबैयाप्रति सरोकारवाला निकायको ध्यानाकर्षण सेमत गराउँदै उक्त गलत कार्य रोक्त माग समेत गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु