राज्यमन्त्री लामालाई पद मुक्त गर्न सिफारिस
काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी महामन्त्रीसमेत रहेका उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पार्टीबाट निष्कासन गर्दै राज्यमन्त्री पदबाट समेत मुक्त गर्न सरकारलाई सिफारिस गरेका छन् । उद्योग राज्यमन्त्री लामाले पार्टी हित र लोकतान्त्रिक गठबन्धन विपरित काम गरेकोको भन्दै अध्यक्ष राणाले लामालाई कारबाही गरेका हुन् । राणाले नेपालको संविधान २०७२ को धारा २९८ को उपधारा ९ बमोजिम उद्योग राज्यमन्त्रीको पदबाट समेत मुक्त गर्न सरकारलाई सिफारिस गरेका छन् ।