अखिल क्रान्तिकारीका संयोजक गिरफ्तार

२०७४ मंसिर १७ गते, आईतवार

काठमाडौं , १७ मंसिर । अखिल क्रान्तिकारीका लुम्बिनी संयोजक प्रेमचन्द्र भुसाललाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य समेत रहेको भुसाललाई अाज दिउँसो बुटवलको तिलोत्तमाबाट गिरफ्तार गरेको अखिल क्रान्तिकारीको महासचिव दिपेन्द्र चलाउनेले जानकारी दिए ।
महासचिव चलाउनेले विना कारण भुसाललाई गिरफ्तार गरेको बताउँदै तत्काल रिहा गर्न माग समेत गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु