आज माओ दिवस

२०७४ पुष ११ गते, मंगलवार

काठमाडौँ , ११ पुस । चिनियाँ जनक्रान्तिका नायक माओ त्से तुङको १२४ औं जन्म दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । विश्वका सर्वहारा वर्गले माओलाई सम्झिरहेका छन् । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी माओको जन्म दिनलाई दिवसको रुपमा मनाइरहेका छन् । माओवादीले प्रतिपादन गरेको दिर्घकालिन जनयुद्धको सिद्धान्तअनुसार नेपालमा सुरु भएको जनयुद्धमा ठूला ठूला फौजी कारवाहीसहित माओ दिवस मनाइथ्यो ।
शान्तिप्रक्रियासँगै माओवादीहरुले माओ दिवस पनि विचार, गोष्ठी, अन्तरक्रिया कार्यक्रम गरेर माओ दिवस मनाइरहेका छन् ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीले माओको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम गरेर माओ दिवस मनाउने भएको छ । अाज दिउँसो संवाद डबलीमा आयोजित कार्यक्रममा विभिन्न बक्ताहरुले माओवादीको योगदानका बारेमा अन्तरक्रिया गर्नेछन् ।
त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) र कम्युनिस्ट न्युक्लिअस, नेपालले विभिन्न कार्यक्रममा आयोजना गरि माओ दिवस मनाइँरहेका छन् । नेकपा र क्रान्तिकारी माओवादीले माओ दिवसको अवसर पारेर क्रान्तिकारी ध्रुविकरणको घोषणा गरेका छन् । दुबै पार्टीका महासचिवले विप्लव र किरणले सोमबार संयुक्त विज्ञप्ति निकालेर सो घोषणा गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]