माके केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दै
काठमाडौं, १८ पुस । अाज नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दैछ । नेकपा एमालेसँगको एकता ढिला भइरहेका बेला माकेले अाज दिउँसो बैठक बोलाएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको बताइएको छ ।
पार्टी अध्यक्ष प्रचण्डको नयाँ निवासमा पहिलो पटक बैठक बस्न लागेका हो । लाजिमपाटबाट खुमलटार बसाइ सरेपछि प्रचण्ड निवासमा यो पहिलो बैठक हो । दिउँसो १ बजे बस्ने बैठकमा पार्टी एकताबारे कठोर निर्णय गर्ने बताइएको छ । एकताको लागि कति चलक हुने र कति कडा हुने भन्नेबारे धारणा तय अाजको बैठकबाट गर्नेछ ।