बिद्यार्थी र प्रहरीबीच झडप, दर्जनौं घाईते

२०७४ पुष १८ गते, मंगलवार

काठमाडौं, १८ पुस । निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध निकालिएको जुलुसमाथि प्रहरिले हस्तक्षेप गरेको छ । एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ । बिद्यार्थीलाई तित्तरबित्तर पर्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं बिद्यार्थी नेता कार्यकर्ता घाइते भएका छन् ।
आक्रोशित बिद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबिरुद्ध नारावाजी गरेका थिए । आन्दोलन र झडपपछि त्रिचन्द्र क्याम्सप आसपास घण्टाघर, रत्नपार्क, भोटाहिटी, जमल क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

प्रतिक्रियाहरु

[anycomment]