ओली थाइल्याण्ड जाँदै

२०७४ पुष २६ गते, बुधबार

काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज थाइल्याण्ड जाँदै छन् । ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइ एयरवेजको विमानबाट दिउँसो साढे १२ बजे बैंकक जान लागेका हुन् । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ बैंकक जान लागेका हुन् ।
बैंककस्थित बुङरुगाड अस्पतालमा उनले स्वास्थ्य परीक्षण गराउने छन् । ओलीका साथमा श्रीमती राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत बैंकक जाने तय भएको छ । अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]