नेकपाका नेता पदम राई रिहा
काठमाडौं, १६ फागुन । गत फागुन ६ मोरङको बिराटनगरबाट गिरफ्तार गरिएका नेकपाका पोलिटब्यूरो सदस्य पदम राई आज भोजपुरबाट रिहा भएका छन ।
हतियार तथा बिस्फोटक पदार्थ सम्बन्धी मुद्दामा आरोप लगाइ प्रहरीले मोरङबाट रिहा भए लगत्तै पक्राउ गरि हिजो भोजपुर लगेको थियो । नेता राईसँगै अर्का नेकपाका स्थानीय नेता उद्धव बस्नेतलाई पनि आजै रिहा गरेको छ । आज पौने पाँच बजे राईसहित बस्नेतलाई रिहा गरेको सगरमाथा ब्युरो सदस्य चन्द्र बुढाथोकिले जानकारी दिए ।