जनप्रतिनिधिलाई तत्काल राजीनामा गर्न पत्रचार
काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी जुम्लाले जनप्रतिनिधिलाई तत्काल राजीनामा गर्न पत्रचार गरेको छ । जिल्लाका एक नगरपालिकासहित ८ वटा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिल्ला समन्वय समितिसमेतलाई राजीनामा गर्न भनिएको छ । उसले जनतासँग जथाभावी कर संकलन नगर्न आग्रह गर्दै राजीनामा दिएर जनसत्तालाई सहयोग गर्न आग्रह समेत गरेको छ । प्रत्येक जनप्रतिनिधिको हातमा नेकपाको पत्र पुगिसकेको जनप्रतिनिधिले बताएका छन् ।