राष्ट्रिय महिला आयोगको १६ औं वार्षिकोत्सव सम्पन्न

२०७४ फाल्गुन २३ गते, बुधबार

काठमाडौं, २३ फागुन । राष्ट्रिय महिला आयोगले आज एक कार्यक्रम गरी १६ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा महिला अधिकारकर्मीहरुले महिला र पुरुषबीचको विभेद र असमानताको खाडल अझै विद्यमान रहेको भन्दै आयोगलाई सक्रियतापूर्वक काम गर्न सुझाव दिए । महिला अधिकारकर्मीहरुले संविधानले दिएका अधिकार प्रयोग गर्न राज्यले महिलाको पहुँच र सहभागितामा राज्यले नै पहल गर्नुपर्ने बताए । उनीहरुले महिला हिंसा विरुद्धका नीति नियम तथा सरकारी प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । अधिकारकर्मीहरुले संवैधानिक आयोगको रुपमा गठित राष्ट्रिय महिला आयोग पदाधिकारीविहीन भएकाले यसलाई पूर्णता दिनसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]