एमाले र माके संसदीय दलको संयुक्त बैठक बस्दै

२०७४ फाल्गुन २७ गते, आईतवार

काठमाडौं, २७ फागुन । पार्टी एकता प्रक्रियामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । संसदीय दलमा समान धारणा बनाउन आज संयुक्त बैठक बोलाएको बताइएको छ ।
संघीय संसद् भवन बानेश्वरमा बस्ने बैठकलाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै प्रतिनिधिसभामा विश्वासको मत लिन लागेकाले दुवै दलका सांसदहरुलाई पक्षमा मत व्यक्त गर्न बैठकले निर्देश गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]