राष्ट्रपतिसँगै उपराष्ट्रपति बसेपछि …
काठमाडौं, १६ चैत । संसदीय अभ्यास र परम्पराविपपरीत उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै बिहीबार संसदमा आसन गराइएपछि विवाद सुरु भएको छ । विगतमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दा उपराष्ट्रपतिलाई संसदको बाल्कोनीमा विशिष्ट कुर्सीमा आसन गराइन्थ्यो । बिहीबार संघीय संसदका दुबै सदनको संयुक्र बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भने राष्ट्रपति भण्डारीसँगै कुर्सी राखेर आसन ग्रहण गराइएको थियो ।
संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई आसन गराइएको भन्दै संसदका जानकारहरुले आश्चर्य व्यक्त गरेका छन् । -अन्नपूर्ण पोस्टवाट