शान्तिपूर्ण -यालीमा प्रहरी हस्तक्षेप

२०७४ चैत्र २० गते, मंगलवार

काठमाडौं, २० चैत । नेपाल कम्युनिस्ट पार्टीकाे शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेकाे छ । काठमाडौंको शान्तिबाटिकमा प्रहरीले हस्तक्षेप गरी -याली गर्न नदिएकाे हाे । कार्यक्रमलार्इ राेक्न माथिबाट अादेश अाएकाे भन्दै डिएसपीकाे नेतृत्वमा रहेकाे प्रहरीले नेकपाकाे शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेकाे ब्ताइएको छ नेकपा निकट जनवर्गीय संगठनहरूकाे अायाेजनामा साे कार्यक्रम अायाेजना गरिएकाे थियाे।
शान्तिबाटिकमासयौंको संख्यामा जम्मा भएका नेकपाका नेता कार्यकर्ताहरुलाई र्याली गर्न नदिएपछि गृहमन्त्री रामबहादुर थापा बादलको ठाडो निर्देशनमा कार्यक्रमलाई रोक्न खोजिएको भन्दै ढुङगेल जस्ताको बलिदानबाट सत्तामा पुगेपछि उनीहरुलाई जेलमा पुर्याउने भन्दै उनीहरुले प्रचण्ड र वादलको चर्को बिरोध गरेका थिए । डिएसपीको नेतृत्वमा रहेको प्रहरीले र्याली नगर्न आग्रह गर्दै माथिको आदेशका कारण आफुहरुले र्याली गर्न नदिने भन्दै शान्तिबाटिका अगाडि बढ्न खोमाजेको जुलुशलाई रोकेपछि सोही स्थानमा विरोध कोणसभा आयोजना गरिएको थियो।
कोणसभालाई नेकपा निकट युवा संगठन रेड फोर्स नेपालका अध्यक्ष विवश राई र महिला सगंगठनकी महासचिव धिरेन्द्रा उपाध्यायले धारणा राख्नुभएको थियो । सो क्रममा ढुङेललाई तत्काल रिहा गर्न माग गर्दै वक्ताहरुले हिजो जनयुद्धका क्रममा कासन गर्नेहरुले अहिले आफ्नै कार्यकर्तालाई जेल पठाएर आफु शासन गरिरहेको भन्दै जनताले अब यो गद्धारी धेरै दिन हेरेर नबस्ने चेतावनी दिए ।
उनीहरुले ढुङगेल जेलमा भएपनि उनको विचार सडक र जनतामाझ फैलिएको भन्दै उनीमाथि लागेको आरोपको जवाफ प्रचण्ड वादलले दिनुपर्ने बताएका थिए । जनयुद्धकालिन घटनामा ढुङगेल र उनीजस्ता क्रान्तिकारी योद्धाहरुलाई जेल हालेर गम्भिर गल्ति गरेको भन्दै त्यो घटना अपराध नै हो भने प्रचण्डले लिनुपर्ने र यसबारे प्रष्ठ पार्नुपर्नेमा उनीहरु बताए । कार्यक्रममा सहभागीहरुले आफुहरु सबै ढुङगेल बन्न तयार रहेको भन्दै नाराबाजी गरेका थिए ।
यसअघि माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएपछि उहाँले ंगेललाई भेटेरै रिहाईको लागि पहल गर्ने प्रतिवद्धता गरेर फर्कनुभएको थियो । तर, अहिलेसम्म उहामाथि लागेको मुद्दाबारे सरकारले कुनै छलफल गरेको छैन ।
त्यसैगरी नेपाली सेनाले जनयुद्धकालिन मुद्दामा नेकपाका नेता झलककुमार भगतलाई सर्वस्वसहित सैनिक जेलमा राखेको छ । नेकपाले भगतमाथि लगाइएको मुद्दाको पनि विरोध गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]