वडाध्यक्ष कुटिए
काठमाडौं, २५ चैत । काभ्रे बनेपा–६ का वडाध्यक्ष सचितानन्द केसी कुटिएका छन । बुडोलमा फुटपाथ हटाउने क्रममा वडाध्यक्ष केसीलाई खानिखोला इन्टरप्राइजेजका सञ्चालक सुधीर श्रेष्ठले कुटेका हुन् । इलाका प्रहरी कार्यालय, बनेपाले कुटपिट गर्ने श्रेष्ठलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । पछिल्लो केही सातादेखि अरनिको राजमार्गमा फुटपाथ र अव्यवस्थित पार्किङ हटाउने काम भइरहेको छ ।