माओवादी केन्द्रका नेता बेपत्ता
काठमाण्डौ , २८ चैत । कपिलवस्तु सदरमुकाम तौलिहवाबाट माओवादी केन्द्रका एक नेता बेपत्ता भएको भन्दै परिवारजनले खोजीका लागि पहल गरिदिन आग्रह गरेका छन् । बाणगंगा नगरपालिका–६ कोपवा घर भई हाल कपिलवस्तु नगरपालिका ३ बस्ने सुशील तिवारी चैत २६ गते दिउँसोदेखि बेपत्ता भएका हुन् । तिवारी नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक समितिका सदस्य रहेको पार्टी इन्चार्ज भानु प्रकाश श्रेष्ठले जानकारी दिए । दिउँसो घरबाट तौलिहवा गएका उनी साँझसम्म घर नआएपछि खोजिगरिदिन परिवारले आग्रह गरेको उनका दाई अनिल तिवारीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । तिवारी चढ्ने मोटरसाइकल कपिलवस्तु नगरपालिका कार्यालय अगाडि भेटिए पनि उनका बारेमा केही पत्तो लाग्न सकेको छैन ।