वैद्य माओवादीद्वारा युवाहरुलाई तालिम

२०७४ चैत्र २८ गते, बुधबार

काठमाण्डौ , २८ चैत । नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम दिइरहेकाे छ । केही समयअघि मकवानपुरकाे जंगलमा यस्तै तालिम दिएकाे वैद्य माअाेवादीले सिरहाको खुट्टि खोलामा यस्ताे तालिम दिइरहेकाे छ । वैद्य माअाेवादीका केन्द्रीय सदस्य हस्तवहादुर केसीले सामाजिक संजाल फेसबुकमा सिरहाकाे जंगलमा भइरहेकाे लठ्ठी तालिमकाे फाेटा राखेर पाेष्ट गरेका छन् । साे लठ्ठी तालिमकाे के अर्थ हाे भन्नेबारे केही नखुलाइएपनि अाफुहरू पनि क्रान्तिका लागि तयार छाै भन्ने देखाउन वैद्य माअाेवादीका क्रान्तिकारी युवाहरूले यस्ताे तालिम लिएकाे हुन सक्ने अनुमान गरिएकाे छ ।
केही समयअघि मकवानपुरकाे जंगलमा भएकाे यस्तै तालिमकाे उदघाटन गर्दै साे पार्टीका महासचिव माेहन वैद्य किरणले अाफ्ना युवाहरूलार्इ सीमा रक्षाका लागि लड्न निर्देशन दिएका थिए । अहिले सिरहामा भइरहेकाे तालिमकाे उदघाटन कस्ले गरेकाे भन्नेबारे साे पार्टीले बाहिर खबर ल्याएकाे छैन ।
स्मरणरहाेस् वैद्य माअाेवादीले माअाेवादी केन्द्रलार्इ प्रतिक्रियावादी वर्गकाे सेवामा लागेकाे भन्दै नयाँ क्रान्तिकाे तयारीमा लागेकाे बताउने गरेकाे छ । त्यहीअनुरूप युवाहरूलार्इ यस्ताे लठ्ठी तालिम दिइएकाे हुन सक्ने बुझिएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]