महानिरीक्षकलाई दर्ज्यानीचिह्न प्रदान

२०७४ चैत्र २९ गते, बिहीबार

काठमाडौं, २९ चैत । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकले आज दर्ज्यानी चिह्न पाएका छन् । नेपाल प्रहरीका महानिरीक्षक आईजिपी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले दुवै संगठनका प्रमुखलाई दर्ज्यानी चिह्न प्रदान गरे । खनालद्वयलाई सरकारले मंगलबार महानिरीक्षकमा बढुवा गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]