प्रचण्ड निवासमा बाबुराम भट्टराई र उपेन्द्र यादव

२०७५ बैशाख २१ गते, शुक्रबार

काठमाडौं, २१ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बिहानै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरामा भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् । एमालेसँग पार्टी एकीकरणको तयारीमा रहेका दाहालले भट्टराई र यादवसँग छलफल गरेका हुन् । ललितपुरको खुमलटारस्थित दाहाल निवासमा पुगेका भट्टराई र यादवसँग थप के के विषयमा छलफल भयो भन्ने प्रष्ट खुलाइएको छैन ।
एमालेसँग अनुकूल रुपमा पार्टी एकता हुन नसकेको अवस्थामा के विकल्प हुनसक्छ भन्नेलगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]