अदालतबाट रिहा भए लगत्तै पुन: पक्राउ

२०७५ बैशाख २८ गते, शुक्रबार

काठमाडौं, २८ बैशाख । प्रहरीले नेकपाका केन्द्रीय सदस्य किरण राईलगायतका ७ जना नेता कार्यकर्तालाई उदयपुरस्थित नेपाल बार एसोसिएसनको अफिसवाट कानून व्यावसायी, मानवधिकारवादी र पत्रकारहरुको सामुन्नेबाट राती १० बजे पुनः गिरफ्तार पुन :गरेको छ । विहीबार दिउँसो उदयपुर अदालतले उनीहरुलाई छाड्ने निर्णय गरेपनि अदालत परिषरमा नै दर्जनौं पुलिसले गिरफ्तार गर्ने भएपछि उनीहरुलाई नेपाल बार एसोसिएसन उदयपुरले संरक्षण दिइ आश्रय दिएको थियाे । तर राति बारकै परिषरबाट प्रहरीले गिरफ्तार गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीको चुनाव वहिस्कारको सन्दर्भलाई लिएर गत मंसिर १२ गते नेपाली काँग्रेसका नेता हिमाल कार्कीको गोठमा बम विस्फोट गराएको अाराेपमा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सभासद् किरणलाई, दिव्यराज वराल, नवराज भट्टराई, माधव गौतम, कमला लिम्बु, दिप्सन लिम्बु, राजकुमारी लङ्गाल, पूर्णबहादुर तामाङ, जीतबहादुर पुलामीलाई गिरफ्तार गरेको थियो ।
बम विस्फोट मुद्दामा धुनछेक सम्बन्धि सुनुवाइ हुँदा दिव्यराज वराल र राजकुमार दङ्गाललाई संखुवासभामा अर्को मुद्दा भएकाले जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो भनें अन्य ७ जनालाई जनही १० हजार धरौटी राख्ने आदेश दिएपनि प्रहरीले समात्ने भो पनि उहाँहरुले मानवअधिकारको रक्षाका लागि अनुरोध गरेकाले उदयपुर बारले आश्रय दिएको थियो । तर राती १० बजे एसपीको कमाण्डमा आएको प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
उनीहरुको मुद्दामा बरिष्ठ अधिवक्ता एवं पूर्व सभासद् एकाराज भण्डारी, अधिवक्ताहरु क्रमशः नारायणप्रसाद तिवारी, इन्द्रबहादुर तामा, वैकुण्ठ दाहाल, श्यामानन्द चौधरी सोमनाथ ढुंगाना र दीपेन्द्रदेव पाण्डेले बहस गरेका थिए । उनीहरुको बहसपछि जिल्ला अदालत उदयपुरले छोड्ने आदेश दिएको थियो । अदालतको आदेशलाई लात हान्दै उदयपुरको प्रहरी प्रशासनले पुनः पक्राउ गरेको हो । नेकपाका नेता र कार्यकर्ताप्रति पछिल्लोक्रममा वर्तमान राज्यले देखाएको यस्तो निरंकुश रवैयाले ज्ञानेन्द्रको शासनलाई ब्युँत्याएको टिप्पणी हुन थालेको छ ।

प्रतिक्रियाहरु

[anycomment]