वैद्य माओवादीको शान्तिपूर्ण जुलुसमाथि प्रहरी दमन

२०७५ बैशाख २९ गते, शनिबार

काठमाडौँ, २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीको शान्तिपूर्ण जुलुसमाथि प्रहरी दमन भएको छ ।उक्त शान्तिपूर्ण जुलुसवाट माओवादीका नेता सिपी गजुरेल ‘गौरव’सहित नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको नरदेवीबाट शुरु भएको विरोध ¥याली रत्नपार्कको बसपार्क अगाडि आईपुगे पछि प्रहरीले हस्तक्षेप गरेर पार्टीका स्थायी समिति सदस्य तथा देजमा, नेपालका केन्द्रीय अध्यक्ष सी.पी गजुरेल सहित सयौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तारमा पर्ने अन्य नेताहरुमा पार्टी पी.बि.एम द्वय पवनमान श्रेष्ठ र कमल चौधरी, केन्द्रीय सदस्यहरु सुरेश श्रेष्ठ, शारदा महत, हुकुमबहादुर सिंह, सरोज रहेका छन् ।
त्यसैगरी देजमोका केन्द्रीय सदस्यहरु खगेन्द्र छन्त्याल, इन्दिरा अधिकारी, देव विश्वकर्मा काभ्रे, टेकबहादुर वि.क. देजमो काभ्रे जिल्ला अध्यक्ष, जितबहादुर लामा काठमाण्डौ, शोभा विश्वकर्मा, मनोज बुढाथोकी, भूमि बुढाथोकी देजमो रामेछाप जिल्ला संयोजक, सुरेन्द्र राई ललितपुर, मधु राई लतिपुर, सुमित्रा न्यौपाने काठमाण्डौंलगायत रहेका छन्। गिरफ्तार सबै नेता कार्यकर्ताहरुलाई टेकु स्थित प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]