६ महिनाको बच्चा सहित महिला गिरफ्तार
>काठमाडौं, ३० बैशाख । प्रहरीले झापाको मेचिनगर नगरपालिकाबाट ६ महिनाको बच्चा सहित स्मृति रिजाल नामकि एक महिलालाइ गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले अरुण-३ लगायतको रास्ट्रघाती सम्झौताको बिरोधमा आज अर्थात १ दिनको बन्दको आयोजना गरेको दिन मेचिनगर नगरपालिकामा सुर्योदय यातायात प्रालिका २ बसमा क्षति पुग्ने गरि बम बिस्फोट भएको थियो । उक्त बिस्फोटको आरोप लगाउदै रिजाललाइ प्रहरिले गिरफ्तार गरेको छ ।
अधिकांस मिडियाहरुले झापाका प्रहरी प्रमुख बिस्णु केसिको हवाला दिंदै रिजाल नेकपाकी मेचिनगर नगरपालिकाकि नेतृ भएको बताएका छन । उता झापाका नेकपा जिल्ला सेक्रेटरी सौगात आचार्यका अनुसार उनी शुभचिन्तकसम्म हुनसक्ने भएतापनी पार्टीको कुनैपनि आधिकारिक कमिटिमा नरहेको बताएका छन ।
यसरी हेर्दा, सामन्य सुभचिन्तक, सर्बसाधरण त्यहिमाथी ६ महिनाको नानीसहित एक सुत्केरि महिलालाइ घरबाट उठाएर हिरासतमा राख्नुले सरकार र प्रधानमन्त्री केपि शर्मा ओलि माथी गम्भीर प्रश्न उठेको स्थानीयको भनाइ छ ।
झापाका जिल्ला जनपरिसद प्रमुख सुमनसिंह पौडेलले यस प्रकारको सरकारी दमन आंफुहरुलाइ सैह्य नहुने बताउदैं गिरफ्तार रिजाल र ६ महिनाको बच्चालाइ तुरुन्त रिहा गर्नुपर्ने बताएका छन । झापामा नेकपाले आयोजना गरेको बन्दमा बिहानै देखि कार्यकर्ताहरु आक्रमक रुपमा उत्रिएका थिए । बिहानै देखि मेचिनगर, बिर्तामोड, कन्काइ, सितापुरी, दमक लगायतका क्षेत्रहरूमा बम विस्फोट एंव आगजनीहरु भएका थिए ।