अाेलीको चीन भ्रमण तय
काठमाडाैं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते चीन प्रस्थान गर्ने भएका छन् । अाेलीकाे पाँच दिने चीन भ्रमणका लागि चिनियाँ र नेपाली पक्षले बुधबार साइत जुराएको हो । असार ५ देखि १० गतेसम्म हुने अाेलीकाे चीन भ्रमणकाे तयारीका लागि नेपालका लागि चिनियाँ राजदूत लिलामणी पौडेल चीन प्रस्थान गरिसकेको स्रोतले बतायो । ओली सर्वप्रथम चीनको सिचुवान पुग्ने कार्यतालिका छ । ओलीको भ्रमण पूर्वतयारीका लागि परामर्शमा आएका चीनका लागि नेपाली राजदूत पौडेल चार दिन नेपाल बसेपछि बेइजिङ फर्केर भ्रमणको तयारी थालेका छन् ।
यसअघि ओलीले सांघाई को-अपरेसन अर्घनाइजेसनको सम्मेलनको अवसरमा चीन जान चाहेका थिए । तर चीनले समय मिल्न नसक्ने भन्दै त्यसको दुर्इ साता पछिका लागि भ्रमण तालिका मिलाएको हो । प्रधानमन्त्री ओलीले चैत अन्तिममा भारत भ्रमणमा गएका थिए । यसअघि पहिलो कार्यकालमा ओली २०१६ मार्च २० देखि चीनको भ्रमणमा गएका थिए । त्यसबेला महत्वपूर्ण पारवाहनसहितका सहमतिमा हस्ताक्षर भएको थियो । ओलीको यो पटकको भ्रमणमा चीनसँग अन्तर देशीय कनेक्टिभिटी अन्तरगत रेल सञ्जाल निर्माणसहितका परियोजनामा हस्ताक्षर हुने अनुमान गरिएको छ ।