२८ जना डीएसपी बढुवाका लागि सिफारिस
काठमाडौं, २० जेठ । नेपाल प्रहरीका २८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लार्इ प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको शनिबारकाे बैठकले उक्त सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै जनाएको छ । प्रहरी नियमावली २०७१ अनुसार जनपद तर्फका डिएसपीहरूलार्इ साेही समूहतर्फ एसपीमा बढुवा गरिएकाे हाे । सिफारिसको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी रहेका छन् ।