नेकपाद्वारा अरुण-३ छोडेर जान भारतीय कम्पनी सतलजलाई चेतावनी

२०७५ जेष्ठ २१ गते, सोमबार

काठमाडौँ, २१ जेठ । नेपाल कम्युनिस्ट पार्टीले अरुण–३ छोडेर जान भारतीय सतलज जलविद्युत निगम लिमिटेडलाई चेतावनी पत्र पठाएको छ । उसले अरुण–३ जलविद्युत आयोजनामा हात हालेर सतलजले नेपालको हितविपरित कार्य गरेको बताएको छ । “यो परियोजना नेपाल सरकारले संविधानको धारा २७९ (अन्तरिक संविधानको धारा १५६) लाई छल्दै चोरबाटोबाट नवऔपनिवेशिक शैलीमा भारतीय कम्पनीलाई सुप्पिएको छ । त्यसकारण नेपाल सरकार र यहाँका दलहरुलाई दबाब र प्रभावमा पारेर भारत सरकारमार्फत तपाईँहरु नेपालको हित विरोधी काममा संलग्न हुन दुःखको विषय हो । तसर्थ अरुण–३ परियोजनाबाट हात झिकेर फर्कन हामी तपाईँहरुलाई अनुरोध गर्दछौं” नेकपाका पूर्वी कमाण्ड इन्चार्ज अनिल विरहीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । विरहीले अन्यथा कम्पनीको लागनी डुब्ने चेतावनी दिएका छन् । पत्रमा नेपालको हित विरोधी, संसदस्य दलहरुले प्रभु खुशी पार्न गरिएका र नेपाली जनताद्वारा अनुमोदन नभएका कुनै पनि राष्ट्रघाती सम्झौताहरु आफ्नो पार्टीलाई मान्य नहुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]