सरकारी गाडीमा अागजनी

२०७५ जेष्ठ २७ गते, आईतवार

काठमाडौं, २७ जेठ । काठमाडौंकाे बुद्धनगर यूएन पार्क पुल नजिक बा १ झ ८८१८ नम्बरको सरकारी गाडीमा अागजनी भएकाे छ । गाडीका चालकले केही मान्छेहरु एक्कासी अाएर गाडी राेकेकाे र पेट्राेल छर्केर अागाे लगाएकाे बताए । गाडीमा अागाे लगाएपछि उनीहरू बुद्धनगरतर्फ भागेकाे चालकले बताए । अागाे लागेकाे करिव अाधाघन्टापछि ललितपुरकाे जुद्ध बारुण यन्त्रकाे दमकलले अागाे निभाए पनि गाडी पूर्ण रुपले जलेर ध्वस्त भएकाे छ । प्रहरीले घटनाकाे अध्ययन गरिरहेकाे जनाएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]