सिन्डिकेट नहटने संकेत

२०७५ असार ९ गते, शनिबार

काठमाडौँ, ९ असार । सरकारले साउन एक गतेदेखि लागु हुने गरि सार्वजनिक यातायातको सिन्डिकेट हटाउने तयारी गरेपनि यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिले अझै केही समय माग गरेपछि साउन एकबाट सिण्डिकेट नहट्ने भएको छ । समितिका संयोजक केशवकुमार शर्माले आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता गराउन सम्भव नभएको बताएसँगै शंका सुरु भएको छ । सार्वजनिक यातायात क्षेत्रलाई सिमित यातायात व्यवसायीको नियन्त्रणबाट बाहिर निकाल्न चैतमा कम्पनीमार्फत दर्ता भएका सवारीलाई मात्र रुट इजाजत दिने नीतिगत व्यवस्था गरेको थियो ।
त्यही व्यवस्थालाई बल पुग्ने गरी गत वैशाखमा सरकारले असार मसान्तदेखि संस्था ऐनअनुसार दर्ता भएका यातायात समिति खारेज गर्ने निर्णय ग‍¥यो । तर सरकारले गठन गरेको समितिले अध्ययनका लागि थप समय माग्ने तयारी गरेसँगै सिन्डिकेट अन्त्य गर्ने नाममा व्यवसायीको हितमा हुने गरी थप समय दिने तयारी गरेको छ । सिण्डिकेट अन्त्य लागु नहुने भन्दै केही यातायात समितिले अझै कम्पनी दर्ता गराएका छैनन् ।

प्रतिक्रियाहरु

[anycomment]