प्रधानमन्त्री ओली स्वदेश फर्कंदै
काठमाडौं, १० असार । प्रधानमन्त्री केपी ओली ६ दिने औपचारिक चीन भ्रमण सकाएर आज स्वदेश फर्कंदै छन । असार ५ गतेदेखिको चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री र व्यापारीसँग भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग दुई देशबीचको आर्थिक सम्बन्ध र सहकार्यका विषयमा छलफल गरेका थिए । साथै प्रधानमन्त्री ओलीले पूर्वाधार विकासको क्षेत्र र समृद्ध नेपाल सुखी नेपाली मा सहयोग गर्न समेत आग्रह गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लि खछ्याङसँग दुई पक्षीय हित र विभिन्न सम्झौता गरेका थिए।